काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्।
बालुवाटारको मन्त्रिपरिषद् बैठकलगत्तै ओली शीतलनिवास पुगेका हुन्।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
सोही निर्णय लिएर प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न पुगेका हुन्।
प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाइएको थियो। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिन असफल भएका थिए।
विश्वासको मतको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको थियो। तटस्थमा १५ मत परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।