काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संविधानको धारा ७६ (२) बमोजिम राष्ट्रपतिले सरकार बनाउन आह्वान गर्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाएपछि प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन्। उनले राष्ट्रपतिको आगामी आह्वान कुन रूपमा हुन्छ, त्यहीअनुसार पार्टीको निर्णय हुने बताए।
उनले नयाँ सरकारको समीकरणबारे आफ्नो दलभित्र छलफल गर्ने बताए। आजको प्रतिनिसभा बैठकमा सांसदहरुलाई स्वविवेक प्रयोग गर्न दिएकाले आफ्नो पक्षका दुई सांसद गए भन्नुको अर्थ नभएकोसमेत उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।