काठमाडौं- प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालपक्षका २८ जना सांसद अनुपस्थित भएका छन्।
प्रत्यक्षतर्फका २० जना र समानुपातिकतर्फका ८ जना सांसद अनुपस्थित भएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले नेपाल लाइभलाई बताए।
एमालेका कुल १२१ जना सांसद लक्ष्मी चौधरी बिरामी परेकाले अनुपस्थित भएपछि ओलीको पक्षमा ९३ मत परेको नेम्वाङले बताए। नेपाल पक्षकी कलिला खान संसद् भवन पुगेपनि मत नदिएर फर्किएकी थिइन्।
यसअघि सामूहिक राजीनामाको तयारी गरेका नेपाल पक्षका सांसदले राजीनामा पनि नदिने र विश्वासको मत लिने प्रक्रियाका लागि बोलाइएको सोमबारको प्रतिनिधि सभा बैठकमा सहभागी पनि नहुने निर्णय गरेका थिए।
एमालेभित्रको चरम शक्तिसंघर्षको असर विश्वासको मत लिने प्रधानमन्त्रीको प्रस्तावमा समेत परेको हो।
यी हुन् सोमबारको बैठकमा अनुपस्थित हुने एमाले सांसदहरू :
१ योगेश भट्टराई
२् झलनाथ खनाल
३ पवित्रा निरौला खरेल
४ भवानी खापुङ
५ जयकुमार राई
६ यज्ञराज सुनुवार
७ गणेश पहाडी
८ विरोध खतिवडा
९ कृष्णलाल महर्जन
१० माधवकुमार नेपाल
११ जीवनराम श्रेष्ठ
१२ नारायण खतिवडा
१३ घनश्याम भुसाल
१४ गोकर्ण विष्ट
१५ सोमप्रसाद पाण्डे
१६ मेटमणी चौधरी
१७ झपट रावल
१८ भीमवहादुर रावल
१९ दिपकप्रकाश भट्ट
२० सुरेन्द्र पाण्डे
२१ रामकुमारी झाँक्री
२२ सरला यादव
२३ पुष्पाकुमारी कर्ण
२४ कल्याणी खड्का
२५निरादेवी जैरु
२६ कलिला खान उपस्थित भएर भोट नहालेकी
२७ लक्ष्मीकुमारी चौधरी
२८ मुकुन्द न्यौपाने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।