काठमाडौं- कोरोना संक्रमितकाे उपचारमा प्रयोग हुँदै आइरहेको औषधि रेमडिसिभिर आवश्यक पर्ने व्यक्तिलाई चिकित्सकको प्रेस्क्रिप्सन अनिवार्य चाहिने भएको छ।
औषधि व्यवस्था विभागले साेमबार एक सूचना जारी गर्दै अस्पतालले गुगल फर्ममा आवश्यक जानकारी दिएर बिरामीको पूर्ण विवरणसहितको कागजात प्रस्तुत गरेमात्रै रेमडिसिभिर उपलब्ध गर्ने जनाएकाे हाे।
विभागका अनुसार बिरामीको पूर्ण विवरणसहितको सिफारिस लिएर जाने व्यक्तिको परिचयपत्र अनिवार्य गरिएकाे छ।
यसअघि विभागले काेराेनाका सबै खालका बिरामीका लागि रेमडिसिभिर आवश्यक नपर्ने भएकाले चिकित्सकहरुले उपचार प्रोटोकल अनुसार मात्र सिफारिस गर्न आग्रह गरेको थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।