काठमाडौं– नेपालमा थप ९ हजार २७१ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर परीक्षण र एन्टिजेन परीक्षणका क्रममा सोमबार थप ९ हजार २७१ जनामा कोरोना संक्रमण देखिएको हो।
गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १७ हजार ६३२ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। यस्तै, ७८८ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसको संक्रमणबाट १३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८५८ पुगेको छ।
पछिल्लो २४ घण्टाको अवधिमा ४ हजार ७ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका मन्त्रालयले जानकारी दिएको छ। सोमबारसम्म देशभर ९३ हजार १४१ सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।
सोमबार थपिएकासँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ३ हजार ७९४ पुगेको छ। जसमध्येका ३ लाख ६ हजार ७९४ जना संक्रमण मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।