काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको विश्वास रहेको भनि राखेको प्रस्तावमा प्रतिनिधि सभामा मतदान शुरु भएको छ।
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत मागेका थिए भने प्रमुख प्रतिपक्ष दल लगायतका दलहरुले आ-आफ्नो धारणा राखेका थिए।
संसद्मा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि तीनवटा लवीमा मतदानको व्यवस्था गरिएको छ। हुन्छ, हुन्न र मत दिन्न गरि तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ।
कोभिड संक्रमित सांसदहरुलाई लागि ल्होत्सेहलमा मतदानको व्यबस्था संसद सचिवालयमले गरेको छ। बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपाका अध्यक्षहरु महन्थ ठाकुर र उपेन्द्र यादवले बोलेका थिए।
प्रतिनिधि सभाले यसरी गरेको मतदानलाई सच्चाउने समय दिने छ। कसैले आफ्नो मतदान सच्चाउन चाहेमा उसले समय पाउने छ। हालसम्म प्रधानमन्त्री ओलीको पक्षमा एमालेमात्र देखिएको छ। एमालेका माधव नेपाल पक्ष अनुपस्थित रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।