काठमाडौं– राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएकी छन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै पौडेलले राजीनामा दिनु नै सबैभन्दा उत्तम विकल्प भएको बताइन्।
‘यो अलोकतान्त्रिक कार्यलाई रोक्ने उत्तम उपाय भनेको राजीनामा हो’ उनले भनिन्,‘राष्ट्रिय जनमोर्चाको धाराण नै यही हो। ’
अहिले कोरोनाको दर्दनाक अवस्था भएको भन्दै उनले अक्सिजन र बेड नपाएर मर्न थालेको अवस्थामा सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने उनले बताइन्।
असंवैधानिक र अलोकतान्त्रिक स्वच्छाचारी कदमलाई तोडेर जानुपर्ने आफूहरुको मत रहेको उनले बताइन्। जनमोर्चाले विश्वासको मतको विपक्षमा मत दिने उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।