काठमाडाैं- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ताजा जनादेशमा जानुपर्ने बताएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले वर्तमान राजनीतिक अन्योलता हटाउन ताजा जनादेश उपयुक्त विकल्प हुने बताएका हुन्।
'अहिलेको राजनीतिक अन्योल हटाउन ताजा जनादेशमा जानु वा निर्वाचनमा जानु नै प्रजातान्त्रिक बाटो हो,' सुवालले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।