काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफू प्रधानमन्त्रीको प्रस्ताव पक्ष र विपक्ष दुवैमा नभएको बताएका छन्।
सोमबार प्रतिनिधि सभाको दोस्रो बैठकमा सम्बोधन गर्दै उनले आफ्नो धारणा प्रष्ट पारेका हुन्।
उनले आफ्ना सांसद् रेशम चौधरीलाई सदनमा देख्न चाहेको बताए।
प्रधानमन्त्रीले प्रस्तुत गरेको विश्वासको प्रस्तावमाथि सदनमा छलफल जारी छ। आजै त्यसलाई अन्तिम टुंगो लगाउने कार्यसूची छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।