रंगुन- म्यानमारका कवि खात थीकाे सैनिक हिरासतमा मृत्यु भएको छ। सैनिक शासककाविरुद्ध प्रतिकारका कविता लेख्दै आएका उनकाे आइतबार हिसातमा निधन भएकाे हाे।
पत्नी चाउ सुका अनुसार उनी र थीलाई शनिबार सैनिकहरूले सगाइंग क्षेत्रकाे श्वेबो शहरमा सोधपुछका लागि लगेका थिए। उक्त शहर सैन्य कूविरुद्धको केन्द्र बनेको छ।
'मलाई केरकार गरियो। उनी पनि थिए। उनीहरूले भने कि उनी सोधपुछ केन्द्रमा थिए। तर, उनी फर्केनन्, केवल उनको शरीर मात्रै फर्कियाे,' सुले भनिन्। उनका अनुसार ४५ वर्षीया थीकाे गशरीरका अंगहरू निकालेर परिवारलाई बुझाइएको छ।
'उनीहरूले मलाई बिहान बोलाए। अनि मोनीवास्थित अस्पतालमा भेट्न भने। उनको हात भाँचियो होला वा अरू केही भयो होला जस्तो लागेको थियो। तर,, त्यहाँ पुग्दा उनलाई शवगृहमा राखिएको रहेछ र उनका भित्री अंगहरू झिकिएका रहेछन्,' उनले भनिन्।
सुका अनुसार थीलाई मुटुको समस्या थियो। अस्पतालले थीकाे मृत्यु मुटुको समस्याका कारण भएकाे दाबी गरेकाे छ। सुले थीकाे मृत्यु प्रमाणपत्र पढिनन् किनकि त्यो सत्य हो भन्नेमा उनलाई शंका थियो।
सेनाले थीलाई गाड्ने योजना बनाएको भए पनि उनले शरीर लैजान पाऊँ भन्दै बिन्ती गरेकाे सुले बताइन्। १ फेब्रुअरीले सेनाले सत्ता कब्जा गरेसँगै थी विराेधमा उत्रिएका थिए। 'उनीहरू टाउकोमा गोली हान्छन् तर, क्रान्ति मुटुमा हुन्छ भन्ने थाहा पाउँदैनन्,' कवि थीले लेखेका थिए।
एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)का अनुसार जारी आन्दाेलनमा ज्यान गुमाउनेकाे संख्या ७७६ पुगेकाे छ। थी मोन्यावामा एक प्रदर्शनको क्रममा गोली हानी मारिएका कवि के ज्वा विनका साथी थिए।
२०१२ मा काम छोड्नु भन्दा पहिले थि इन्जिनियर थिए। त्यसपछि उनी कविता लेख्दै आएका थिए। उनकाे आइसक्रीम र केककाे व्यापार थियाे।
'म नायक बन्न चाहन्न, म शहीद हुन चाहन्न, म कमजोर हुन चाहन्न, म मूर्ख बन्न चाहन्न,' पक्राउ परेकाे दुई हप्ता अगाडी उनले लेखेका थिए,'म अन्यायलाई समर्थन गर्न चाहादिनँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।