पोखरा– गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको विशेष अधिवेशन अन्त्य गरिएको हो।
मुख्यमन्त्री गुरुङले आइतबार नै राजीनामा दिएपछि छलफल गर्न आवश्यक नभएपछि अधिवेशन अन्त्य गरिएको हो।
प्रदेश प्रमुखको कार्यालयबाट विशेष अधिवेशन आजै १०ः०० बजेबाट अन्त्य भएको पत्र प्राप्त भएको प्रदेशसभाका सचिव हरिराज पोखरेलले जानकारी दिए।
प्रदेश प्रमुख पौडेलले तीन दिनभित्र दललाई नयाँ सरकार गठनका लागि आइतबार आह्वान गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।