काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने क्रममा संसदमा सम्बोधन गरेका छन्।
सोमबार सभामुख अग्निप्रसाद सापकोटालाई सम्बोधन नै नगरि प्रधानमन्त्री ओलीले संसद बैठकमा आफ्नो धारणा राख्न शुरु गरे।
नागरिकको जीवन रक्षाका लागि आफूहरु लडिरहेको बताउँदै प्रधानमन्त्री ओलीले सरकारको ध्यान रोकथाममा केन्द्रित रहेको बताए।
कोरोना विरुद्धका कदमहरुलाई प्रभावकारी रुपमा अघि वढाइएको उनले बताए।
उनले विचार र संस्थात भिन्नतालाई थाँती राखेर एकजुट भएर लड्नुपर्ने आश्यकता रहेको ओलीले बताए।
‘हामी आज एकजुट भएर जनताले देख्नेगरी र अनुभुत हुने गरि एकजुट भएर लागेको हुुनुपर्ने थियो । तर दुःखद् कुरा यसरी हामी जान सकेनौं, हाम्रो प्रयास र चिन्तत जे कुरामा हुनुपर्ने थियो त्यसमा हुन सकेनौं’ उनले भने। विकास र कोभिडमा केन्द्रित हुन पर्ने सरकारले अनेक अफ्ट्याराहरुको सामना गर्न परिरहेको उनले बताए।
कोभिड विरुद्धको लडाइमा रहेको बेला प्रधानमन्त्रीविरुद्ध हिलो छ्याप्ने र कोभिडविरुद्ध भएका भ्रष्टाचारका कुरा उछल्ने र नभएका कनेक्सन देखाउने काम भयो उनको आरोप थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।