काठमाडाैं- भारतीय अभिनेता अमिताभ बच्चनले दिल्लीमा रहेको कोभिड सेल्टललाई २ करोड रुपैयाँ सहयोग गरेका छन्। भारतमा दैनिक हजारौ मानिसको ज्यान कोरोनाका कारण गैरहेको छ। दैनिक ४ लाख मानिस कोरोना संक्रमित भैरहेको छन्।
बलिउडका कलाकारहरु यतिबेला कोही अक्सिजन त कोही रकम सहयोगमा ब्यस्त छन्। यही सन्दर्भमा बच्चनले भने २ करोड रुपैयाँ सहयोग गरेका हुन्।
कोभिड केयर फेसिलिटी रकाबगंज गुरुले यो कुराको जानकारी सामाजिक संजालबाट यो कुराको जानकारी दिएका हुन्। सोमबारदेखि संचालनमा आउन लागेको यो सेन्टलमा ३ सय बेड हुनेछ।
अमिताभले दैनिक अक्सिजनको अवस्थाको बिषयमा समेत सेल्टलका पदाधिकारीसँग जानकारी लिने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।