काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा लिने विश्वासको मतको पक्षमा मतदान गर्न एमाले सांसदहरूलाई ह्वीप जारी गरिएको छ।
संसदीय दलका प्रमुख सेचतक विशाल भट्टराईले आइतबार प्रधानमन्त्रीका पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेका हुन्।
एमालेका माधवकुमार नेपाल पक्षका सांसदले राजीनामा दिने तयारी गरेपछि ह्वीप जारी गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।