काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल पक्षकी सांसद गंगा चौधरीले सामूहिक राजीनामा नदिने बताएकी छिन्। दाङकी समानुपातिक सांसद चौधरीले सामूहिक राजीनामा किन दिने? कसका लागि दिने भन्दै प्रश्न गरेकी छिन्।
‘मैले सामूहिक राजीनामा किन दिने? राजीनामा दिएर फाइदा र बेफाइदा के छ मलाई भन्नुस्’ चौधरीले भनिन् ‘प्रधानमन्त्री केपी ओलीलाई हटाएपनि फेरि उस्तै प्रवृत्तिका मान्छे आउँछन्। त्यसैले मैले सामूहिक राजीनामा दिन्नँ।’
आफू पार्टीको विधान, विधि पद्धतिको पक्षमा रहेको बताउँदै सांसद चौधरीले पार्टी विभाजन नभई एकतामा जोड दिनुपर्ने बताइन्। यसअघि ओली पक्षमा गएको भनिएपनि पछि नेपाल पक्षमा जोडिएकी थिइन्। नेपाल पक्षका प्रत्यक्ष निर्वाचित र समानुपातिक सबै सांसदले सामूहिक राजीनामा दिने भनेपछि चौधरीले फरक मत राखेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।