काठमाडौं– नेकपा एमालेका नेता एवम् अर्थमन्त्री विष्णु पौडेलले आफ्नै पार्टीको इतर (माधव कुमार नेपाल) पक्षका नेताहरुसँग भेटवार्ता गरेका छन्।
नेता पौडेलले बिहीबार साँझ नेपाल पक्षका नेता सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग भेटवार्ता गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता पौडेलले काठमाडौंको नागपोखरी–नक्सालस्थित होटल मेरियटमा नेपाल पक्षका नेता पाण्डे र विष्टसँग भेटवार्ता गरेका हुन्।
पाण्डे र विष्टसँगको भेटवार्तापछि नेता पौडेल मन्त्रिपरिषद बैठकमा सहभागी हुन बालुवाटारतर्फ लागेका स्रोतले जानकारी दियो। नेताहरुबीच पार्टी एकताको विषयमा कुराकानी भएको स्रोतको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।