काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई सांसद रामकुमारी झाँक्रीले अरुलाई डुबाउन खोज्दा आफू डुब्नुपर्ने चेतावनी दिएकी छिन्। सामाजिक सञ्जाल ट्विटरमा चेतावनी दिँदै उनले लेखेकी छिन्, 'हामी त डुब्छौं नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौं।'
नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षकी झाँक्रीले सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज्न भनेकी छिन्। उनको भनाइ छ, 'विचार गर, दम्भ, अहंकार र जिद्दी छोड।'
उनले यसलाई स्पष्ट पार्न एउटा हिन्दी कथनको सहारा लिएकी छिन्। जहाँ भनिएको छ, 'हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे… अगर डुब्नें से बच्ना है तो किनारा ढुढों।'
प्रधानमन्त्री ओलीले यही २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्। उक्त समय फ्लोर क्रस गर्ने वा त्यसअघि नै राजीनामा दिने विषयमा नेपाल पक्षमा छलफल भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।