काठमाडाैं- नेपालगञ्जस्थित भेरी अस्पतालमा एक कोरोना संक्रमित नर्सको मृत्यु भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा कार्यरत उनकाे उपचारकाे क्रममा मृत्यु भएको हो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाका अनुसार २० वर्षीय ती नर्स तीन महिनाको सुत्केरी थिइन्।
कोरोना संक्रमण देखिएपछि उनलाई वैशाख १ गते अस्पतालमा भर्ना गरिएको थियो।
यसअघि पनि नेपालमा अनमी र नर्सको कोरोना संक्रमणपछि मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।