दिल्ली- काेराेनान महामारी बढेसँगै भारतको राजधानी दिल्लीमा एक साताको लागि लकडाउन घोषणा गरिएको छ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अर्को सोमबार बिहानसम्म लकडाउन गर्न लागेकाे जानकारी दिएका हुन्।
‘यदि हामीले अहिले लकडाउन गरेनौं भने हामीमाथि ठूलो विपत्ति आउन सक्छ। परिस्थितिलाई ध्यानमा राख्दै हामीले यो कडा निर्णय गरेका हौं,’ उनले भने।
दिल्लीमा दिनहुँ २० हजारभन्दा माथिकाे संख्यामा काेराेना संक्रमित थपिदै गएकाे छ। गतहप्ता केजरीवालले कोरोना संक्रमितको उपचार गर्न रेमडेसिभिर औषधि र अक्सिजनको अभाव भएको बताएका थिए।
कोरोना संक्रमितको उपचारमा यो औषधि धेरै महत्त्वपूर्ण मानिन्छ र आपतकालीन प्रयोग गरिँदै आएको छ। तर, पछिल्लो समयमा कोरोना संक्रमण बढ्दै जाँदा यो औषधिको माग पनि बढेको छ। यद्यपि, भारतीय सरकारले यसलाई विदेश निर्यातमा रोक लगाएको छ।
केजरीवालले सर्वसाधारणलाई एक साताको लकडाउनको पालना गर्न आग्रह गरेका छन्।
उनले अत्यावश्यक सेवा यो अवधिमा सञ्चालन हुने बताएका छन्। विवाहका लागि ५० जनाभन्दा धेरै भेला हुन नपाइने छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।