काठमाडाैं- मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्तासँगै मन्त्रिमण्डलमा सहभागी माओवादीका दुई मन्त्रीले लुम्बिनी प्रदेश सरकारबाट राजीनामा दिएका छन्।
विपक्षी दलले अविश्वासको प्रस्ताव दर्ता गराएपछि कुलप्रसाद केसी र सुदर्शन बरालले राजीनामा दिएका छन्। माओवादीबाट मन्त्री बनेका केसी र बरालले मुख्मन्त्री शंकर पोखरेलसमक्ष राजीनामा बुझाएका हुन्।
केसी आन्तरिक मामिला तथा कानुन र बराल सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा थिए। अविश्वासको फिर्ता लिनुअघि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
केसी प्रस्तावित मुख्यमन्त्री हुन्। कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीका सांसद्ले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।