पुल-ए-खुम्री- युद्धग्रस्त अफगानिस्तानको उत्तरी बाघलान प्रान्तमा सोमबार भएको भिडन्तमा छ जना विद्रोही र दुई जना सुरक्षाकर्मीको मृत्यु भएको छ।
प्रान्तीय प्रहरी प्रवक्ता अहमद जावेद बशारातले बाघलान ए मर्काजी जिल्लाको सुरक्षा जाँच चौकीमा तालिबान लडाकू समूहले सुरक्षाकर्मीले आक्रमण गरेपछि सोमबार बिहानै भिडन्त भएको बताए।
विद्रोही तालिबानले आफ्ना छ जना साथीको शव छाडेर भागेको पनि उनले जानकारी दिए।
भिडन्तमा छ जना सुरक्षाकर्मी र आठ जना विद्रोही घाइते भएका छन्। बशारातले भने, 'सुरक्षाकर्मीले बाघलान ए मार्काजी जिल्ला र त्यस आसपासमा सक्रिय विद्रोहीविरुद्धको कारबाही जारी राखेका छन्।'
उक्त भिडन्तका बारेमा बाघलानका तालिबानी विद्रोहीले कुनै प्रतिक्रिया दिएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।