घोराही– तास खेलिरहेको अवस्थामा दाङ प्रहरीले ५ जना (जुवाडे)लाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुबाट नगद १ लाख ८० हजार रुपैयाँ बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
घोराही उपमहानगरपालिका-१५ बालमन्दिर बस्ने झुपल केसीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय खगेन्द्र सापकोटा लगायत ५ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८० हजार रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
ताससहित पक्राउ परेकाहरुको सन्दर्भमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।