काठमाडौं–सासुको ३ करोड नगदसहित अन्य अचल सम्पत्ति लिएर पनि हेरचाह नगरेको आरोपमा ज्वाइँ जेल चलान भएका छन्। ८४ वर्षीय सासु शोभा रिजालको सबै सम्पत्ति लिएर पनि हेरचाह नगरेको आरोपमा ज्वाइँ कमलप्रसाद रेग्मी जेल चलान भएका हुन्।
जिल्ला अदालत काठमाडौंले आइतबार कमलप्रसादलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो। अदालतको आदेशसँगै कमलप्रसादलाई केन्द्रीय कारागार पठाइएको काठमाडौंका एसएसपी अशोक सिंहले बताए।
कमलप्रसाद जल उत्पन्न प्रकोपका पूर्वमहानिर्देशक हुन् । यसअघि आमालाई हेरचाह नगरेको आरोमाप कमलप्रसादकी श्रीमती तथा शोभाकी छोरी सुष्मा रिजाल रेग्मी पनि जेल चलान भइसकेकी छिन्।
नेपाल राष्ट्र बैंककी निर्देशकसमेत रहेकी सुष्मा अहिले पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा छिन्। उनी चैत २२ गते पक्राउ परेकी थिइन्। सम्पत्ति लिएर पनि हेरचाह नगरेको भन्दै छोरीज्वाइँविरुद्ध आफ्नै आमाले ज्येष्ठ नागरिक ऐनअन्तर्गतको कसुरमा जाहेरी दिएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।