काठमाडाैं–नेपाल सरकारले बैशाख मसान्तसम्म सिनेमाघर बन्द गर्ने निर्णय गरेको छ। सिनेमा घरसँगै अन्य भीडभाड हुने विभिन्न ठाउँसमेत बन्द हुनेछ।
गतवर्ष पुस २६ गते ५० प्रतिशत अकुपेन्सीसहित हल खोल्ने निर्णय गरेको सरकारले तीन महिना नबित्दै फेरि बन्द गर्ने निर्णय गरेको हो।
हल ५० प्रतिशत अकुपेन्सीमा खुले पनि दर्शक फिल्म हेर्न गएका थिएनन् । अब फेरि सरकारले पूर्ण रुपमा हल बन्द गर्ने निर्णय गरेको हो। शहरी क्षेत्रमा कोभिडको दोस्रो लहरको जोखिम बढेको भन्दै मन्त्रिपरिषद्को बैठकले सिनेमाघर सँगै अन्य रात्रिकालीन व्यवसाय बन्द गर्ने निर्णय गरेको हो।
योसँगै नेपाली फिल्मकर्मीको हल चलायमान बनाउने योजना केही समयसम्मका लागि सकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।