काठमाडौं–कोभिड–१९ रोकथाम आदेश जारी गरेर वैशाख महिनाभर भर्चुअल माध्यमबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको स्थानीय विकासमन्त्री गणेश ठगुन्नाले बताए। संक्रमण जोखिमको अवस्था हेरेर देशका मुख्य शहरहरुमा सञ्चालित विद्यालय बन्द गरिने उनले बताए।
कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेको काठमाडौं उपत्यकासँगै पोखरा, विराटनगर, भरतपुर, नेपालगञ्जलगायत शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरिएको उनले बताए।
यस्तै, बैठकले सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुन नदिने पनि निर्णय गरेको छ। रात्रिकालीन व्यवसायका रुपम सञ्चालित डान्सबार, दोहोरी साँझ लगायतलाई बन्द गर्ने निर्णय भएको पनि मन्त्री ठगुन्नाले बताए।
यस्तै, बैठकले मन्दिरमा नित्यपूजा बाहेक अन्य पूजा र भीडभाड रोक्ने निर्णयसमेत गरेको छ । रंगशालामा खेल खेलाउन दिए पनि दर्शकलाई भने प्रवेशगर्न नदिने निर्णयसमेत बैठकले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।