काठमाडौं– कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा लगाउन ललितपुरमा ११ वटा खोपकेन्द्र निर्धारण गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जिल्लामा ११ वटा खोप केन्द्र मार्फत वैशाख ७ गते देखि ११ गतेसम्म कोरोना विरुद्धको दोस्रो मात्राको खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पाटन अस्पतालमा माघ १४ देखि २६ गतेसम्म पहिलो मात्रा खोप लिएकाहरुलाई वैशाख ७ गतेदेखि ११ गतेसम्म दोस्रो मात्रा खोप लगाउने तयारी गरिएको छ।
यस्तै, गत फागुन २ देखि ५ गतेसम्म पाटन अस्पतालमा खोपको पहिलो मात्रा लगाएकाहरुलाई वैशाख ७ र ८ गते नेपाल मेडिसिटी अस्पतालमा दोस्रो डोज खोप दिइनेछ।
यसैगरी, गत फागुन ६ देखि १७ गतेसम्ममा पाटन अस्पतालमा खोपको पहिलो मात्रा लगाउनेहरुका लागि फागुन ७ र ८ गते स्टार अस्पतालमा खोप लगाउने कार्यतालिका बनाइएको छ।
गत माघ २० गते मानव सेवा आश्रममा खोप लगाएकाहरुलाई वैशाख ७ र ८ गते सोही खोप केन्द्रमा खोपको दोस्रो मात्रा लगाइँदै छ।
यस्तै, नख्खु कारागारमा माघ २१ र २२ गते खोपको पहिलो मात्रा लगाएकाहरुले वैशाख ९ र १० गते सोही खोपकेन्द्रमा खोप लगाइनेछ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार किष्ट अस्पतालमा गत माघ १४ देखि फागुन ८ गतेसम्म खोपको पहिलो मात्रा लगाएकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म खोप लगाइँदै छ।
आनन्दवन अस्पतालमा गत माघ १४ देखि फागुन ७ गतेसम्म खोप लगाएकाहरुलाई वैशाख ७ र ८ गते खोप लगाइने तय भएको छ।
यस्तै,आनन्दवन अस्पतालमा माघ १४ देखि २३ र फागुन १ देखि ४ गतेसम्म खोपको पहिलो मात्रा लगाएकाहरुलाई चौधरे स्वास्थ्य चौकी, गोटीखेल स्वास्थ्यचौकी र भट्टेडाँडा स्वास्थ्य चौकीमा वैशाख ८ गते खोप लगाउने कार्यतालिका रहेको छ।
यस्तै आनन्दवन अस्पतालमा माघ १७ देखि फागुन ७ गतेसम्म खोप लगाएकाहरुलाई वैशाख ८ र ९ गते खोप लगाउने कार्यतालिका रहेको छ।
खोप कार्यक्रम बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।