काठमाडाैं– थ्रि नेसन्स कप क्रिकेट सिरिजअन्तर्गत आयाेजक नेपालले दाेस्राे खेलमा आज मलेसियासँग प्रतिस्पर्धा गर्दै छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसाे १ः१५ बजेबाट सुरु हुनेछ।
पहिलो खेलमा नेदरल्यान्ड्समाथि ९ विकेटकाे सानदार जित निकालेकाे नेपाल प्रतियाेगितामै कमजाेर मानिएकाे मलेसियाविरुद्ध साेही लयलाई कायम राख्ने लक्ष्यमा रहेकाे छ। आजकाे खेलमा जित निकाले नेपाललाई उपाधि यात्रामा सहज हुनेछ।
यता, मलेसिया भने पहिलो जितको खोजिमा रहेकाे छ। आइतबार भएकाे खेलमा नेदरल्यान्ड्ससँग मलेसिया १५ रनले पराजित भएकाे थियाे।
हालसम्म नेपाल र मलेसियाबीच चार टी–२० र चार टी–२० अन्तर्राष्ट्रिय खेलमा भेट भएकाे छ। जसमा नेपालले ३ टी–२० र ३ टी–२० अन्तर्राष्ट्रिय खेलमा जित निकालेको छ। यता, पछिल्लो पटक भएको एसीसी इस्टर्न रिजन टी–२०मा मलेसियाले नेपाललाई पराजित गरेको थियो।
जारी प्रतियाेगितमा नेपालले एक खेलबाट २ अंक बनाएकाे छ। यता, पहिलाे खेलमा नेपालसँग पराजित भएकाे नेदरल्यान्ड्सको पनि २ अंक छ। उसले दुई खेल खेलेकाे छ। यद्यपि, रनरेटको आधारमा नेपाल शीर्षस्थानमा छ। मलेसियाले अहिलेसम्म खाता खेल्न सकेकाे छैन।
नेपाली टिम : ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, कमल सिंह ऐरी, सुशन भारी,शाहब आलम र सन्दीप जाेरा।
मलेसियाको टोली : अहमद फेज, विरनदिप सिंह, अमिनुदीन राम्ली, अनवर अरुदीन, अनवर रहमान, खिजार हायत, मुहमद वाफिक, शर्विन मुनींदी, पवनदीप सिंह, शफिक सरिफ, सायद अजिज
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।