काठमाडाैं–जर्मन बुन्डेसलिगाअन्तर्गत आइतबार राति भएको खेलमा बोरुसिया डर्टमन्डले पुनरागमन जित निकालेको छ। घरेलु मैदान सिग्नल इडुना पार्कमा भएकाे खेेलमा डर्टमन्डले वेर्डर ब्रेमेनमाथि ४–१ को जित हात पारेकाे हाे।
डर्टमन्डकाे जितमा एर्लिङ हालान्डको दुई गोल गरे। यता, जियोभानी रेना र म्याट हमेल्सले एक/एक गोल गरे। वेर्डर ब्रेमेनका मिलोट रासिकाले गरेकाे गोल सान्त्वना बन्यो।
खेलको १४औं मिनेटमा रासिकाको गोल गर्दै वेर्डर ब्रेमेनलाई अग्रता दिलाए। २९औं मिनेटमा रेनाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। ३४औं मिनेटमा आलान्डले गोल गर्दै डर्टमन्डलाई २–१ काे अग्रता दिलाए। ३८औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गाेल गरे।
याेसँगै डर्टमन्डले खेलमा ३–१ को अग्रता लियाे। ८७ मिनेटमा हमेल्सले गोल गर्दै डर्टमुन्डलाई ४–१ को फराकिलो जित दिलाए। जितसँगै पाँचौ स्थानमा रहेको डर्टमन्डको ४९ अंक भएकाे छ। पराजित वेर्डर ब्रेमेन ३० अंक जोडेर १३औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।