काठमाडौं- आइतबार १२ हजार ५४५ जना यात्रुले आन्तरिक हवाई यात्रा गरेका छन्। जम्मा ११८ उडानमार्फत् ती यात्रुले आन्तरिक हवाई यात्रा गरेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।
यसमध्ये ६ हजार २९१ जनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान र ६ हजार २५४ जनाले अवतरण गरेका कार्यालयले जनाएको छ।
नेपाल एयरलाइन्स, बुद्ध एयर, यती एयरलाइन्स, तारा एयर, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, समिट एयर र सिता एयरले आज उडानका भरेका थिए। सबैभन्दा धेरै बुद्धले त्रिभुवन विमानस्थलमा ३ हजार २७७ यात्रुलाई उडान र ३ हजार ३७१ यात्रुलाई अवतरण गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।