काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगेको छ।
आइतबार नेपाल पक्षका नेताहरू बेदुराम भुसाल र राजेन्द्र पाण्डेले आयोग पुगेर निवेदन दर्ता गराएका छन्। उनीहरूले अध्यक्ष केपी शर्मा ओलीले ‘एकलौटी रूपमा’ गरेका निर्णय खारेज गर्न माग गरेका छन्।
सर्वोच्च अदालतको फागुन २३ गतेको फैसला विपरीत ओलीले निर्णय गरेको भन्दै उनीहरू आयोग पुगेका हुन्।
अध्यक्ष ओलीले आफ्नो समूहका नेताहरूलाई मात्र राखेर फागुन २८ गते गरेको बैठकका निर्णय अवैध भएको नेपाल पक्षको भनाइ छ।
२०७१ सालमा सम्पन्न एमोको नवौं महाधिवेशनबाट निर्वाचित ८८ जना केन्द्रीय सदस्यको तर्फबाट निवेदन दर्ता गराएको नेताहरूले बताएका छन।
यस्तो छ आयोगमा दर्ता गराइएको पत्र :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।