काठमाडौं- सोमबार बस्ने नेकपा एमालेको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकका लागि छ वटा अजेन्डा तय भएका छन्। बैठक सोमबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।
एमालेको केन्द्रीय कमिटीलाई राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा रुपान्तर गरिएको छ। सो कमिटीको बैठक पहिलो पटक बस्न्न लागेको हो। बैठकमा अनिवार्य उपस्थित हुन भनिएको छ।
कमिटी सदस्यहरुलाई महासचिव ईश्वर पोखरेलबाट सम्प्रेषित कार्यसूचीअनुसार, बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मन्तव्य दिने छन्। त्यस्तै, राजनीतिक प्रतिवेदन, कार्यविभाजन, केही संगठनात्मक प्रस्ताव, उपनिर्वाचनको तयारी र समसामयिक प्रस्ताव भन्ने कार्यसूची तय गरिएको छ।
ओलीले बोलाइरहेको संगठनात्मक कमिटीका बैठकहरु पार्टीका माधव नेपाल, झलनाथ खनाल पक्षले बहिस्कार गर्दै आएका छन्। ओलीले भने माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टीबाट निस्कासन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।