काठमाडौं- भाउजुको हत्या गरी एक व्यक्ति आत्मसमर्पण गर्न प्रहरी कार्यालय पुगेका छन्।
शनिबार राति काठमाडौं महानगरपालिका-१० बुलबुलेमार्गस्थित सडकमा भाउजु नाता पर्ने रोशनी राजभण्डारीको हत्या गरी देवर ४८ वर्षीय मोहन राजभण्डारीले आत्मसमर्पण गरेको काठमाडौंका एसएसपी अशोक सिंहले बताए।
शनिबार राति भाउजुको हत्या गरिसकेपछि मोहन आफैं ट्याक्सीमा महानगरीय प्रहरी कार्यालय टेक पुगेका थिए। गेटमा ड्युटी बसेका प्रहरीले राति प्रहरी कार्यालय किन भनेर सोध्दा उनले भाउजुको हत्या गरेको र आत्मसमर्पणका लागि आएको बताएका थिए।
महिलाको हत्या भएको भन्ने खबर पाउनसाथ महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको टोलीले मोहनको खोजी सुरु गरेको थियो। प्रहरीले खोजी सुरु गरेका मोहन भने आफैं परिसर टेकु पुगेर आत्मसमर्पण गरेको एसएसपी सिंहले बताए।
मोहनले भाउजुलाई फलामको खन्तीले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए। उनको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।