काठमाडाैं–एफए कप फुटबलअन्तर्गत शनिबार राति भएको सेमिफाइनलमा चेल्सीले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ।
घरेलु मैदानमा भएको खेलमा चेल्सीले सिटीलाई १-० ले पराजित गर्दै फाइनमा प्रवेश गरेकाे हाे। चेल्सीको जितमा हकिम जियचले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलकाे ५५औं मिनेटमा टिमो वेर्नरले दिएकाे पासमा गाेल गरेका थिए।
उपाधिका लागि अब चेल्सीले लेस्टर सिटी वा साउथह्याम्पटनसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ।
हारसँगै पेप गार्डिवलाको टिम सिटीकाे सिजनका चार मुख्य उपाधि जित्ने सपना समाप्त भएकाे छ। टिमले यो सिजन प्रिमियर लिगको उपाधि जित्ने बलियो सम्भावना छ।
यस्तै, लिग कपको उपाधिका सिटीले टोटनह्यामसँग प्रतिस्पर्धा गर्दै छ। यसैगरी, सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा छ। फाइनल प्रवेशका लागि सिटीले साविक उपविजेता फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)काे पाखा लगाउनुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।