न्यूयाेर्क- अमेरिकाको इन्डियानापोलिस सहरमा बिहिबार मारिएका ८ मध्ये ४ जना भारतीय मूलका सिख रहेकाे खुलेकाे छ।
इन्डियानापोलिसको एयरपोर्ट नजिकै मिराबेल रोड ८९५१ स्थित फेड एक्स कम्पनीका पूर्वकर्मचारी १९ वर्षीय ब्रान्डन स्कटले गोली चलाएका हुन्। आक्रमणकारी स्कटले आफैलाई गोली हानेर आत्महत्या गरेका थिए।
घटनामा अन्य पाँच जना घाइते भएका छन्। मृतक र घाइतेहरु सोही कम्पनीमा कार्यरत रहेको बताइएको छ।
गम्भीर घाइतेमध्ये एक हुन् ४५ वर्षीय सिख हरप्रीत सिंह गिल। उनको आँखा नजिक गोली लागेकाे। उनकाे स्थानिय अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ।
इण्डियानापोलिस महानगरपालिकाका अनुसार मारिनेमा ६६ वर्षीय अमरजित जोहल, ६४ वर्षीय जसविन्दर कौर, ४८ वर्षीय अमरजित सखन र ७१ वर्षीय जसविन्दर सिंह हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।