मुम्बई- बलिउड अभिनेता सोनु सूदलाई कोरोना संक्रमण भएको छ।
आफूलाई कोरोना संक्रमण भएको सोनुले शनिबार सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।
‘काेराेना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ। यसकारण म क्वारेन्टिनमा छु। चिन्ता लिनु पर्दैन। उल्टो अब मसँग पहिलेभन्दा बढी समय रहने छ तपाईंहरुको समस्या बुझ्नका लागि। जुनसुकै समस्यामा म सधैँ तपाईंहरुको साथमा छु, ’ उनले ट्वीटरमा लेखेका छन्।
कोरोना भाइरसका कारण मुम्बईमा अलपत्र परेका उत्तरप्रदेश, विहार, झारखण्डलगायत अन्य राज्यमा जाने कयाैं मजदुरकाे सुदले उद्धार गरेका थिए।
सडकमा पैदल हिडेका मजदुरहरुका लागि खानेकुरा, पानी र फलफुलका साथै मजदुरका लागि गाडीको व्यवस्था गरेर उनी आफैले पठाएका थिए।
सोनुको यो कामको सामाजिक संजाल र मिडियामा निकै प्रशंसा भएको थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।