काठमाडौं- उद्योगी गणेशभक्त साख:को निधन भएको छ। पारिवारिक स्रोतका अनुसार उनको ९२ वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो।
उनी साख: ग्रुपका अध्यक्षसमेत हुन्। भक्तपुरका स्थायीवासी साख: वृद्धावस्थासम्म पनि उद्योग व्यवसायमा सक्रिय थिए।
साख:का छोराहरु किरणप्रकाश, तेजप्रकाश, विश्वप्रकाश र ज्योतिप्रकाश रहेका छन्। उनकी श्रीमती जनकलक्ष्मीको निधन भइसकेको छ। साख:का साहिलो छोरा प्रभातको पनि निधन भइसकेको छ।
साख: ग्रुपअन्तर्गत साखः स्टिल, साखः मेटल एण्ड एलाइड इन्डस्ट्रिज, नेपाल पेन्टस, प्रसुना गार्मेन्ट उद्योगलगायत व्यवसाय सञ्चालनमा रहेका छन्।
भक्तपुर उद्योग वाणिज्य संघको स्थापना गरेका साखःलाई २०७४ सालमा नेपाल चेम्बर अफ कमर्सले लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।