काठमाडाैं- थ्रि नेसन्स कप क्रिकेटअन्तर्गत पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई १३६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १३५ रन बनाएको हो।
नेदरल्यान्ड्सका लागि बास डे लीडेले सर्वाधिक ४१ रन बनाए। उनले ४९ बलमा ३ चौका र २ छक्का प्रहार गरे।
यस्तै, इड्वार्ड शाहब ३२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३० रनमा आउट भए।
कप्तान पिटर सिलरले १७ बलमा २ चौका र १ छक्काको मद्दतमा २२ रन जोडे। यता, एन्टोनिअस स्टल २० रनमा अविजित रहे। उनले ९ बलमा २ चौका र १ छक्का प्रहार गरे।
नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए। उनले ४ ओभरमा २२ रन खर्चिए।
त्यस्तै, सोमपाल कामी र शाहब आलमले एक/एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।