काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस संक्रमणको जोखिम पुन: बढ्दै गएको भन्दै सतर्कता अपनाउन आह्वान गरेकी छिन्।
सामाजिक सञ्जाल ट्विटरमार्फत् उनले सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपायहरू अझ कडाइका साथ पालना गर्न आग्रह गरेकी हुन्। महामारीविरुद्ध नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यताका कारण नियन्त्रणउन्मुख रहेकोमा पुन: संक्रमणको जोखिम बढ्दै गएको उनले उल्लेख गरेकी छिन्।
'कोभिड-१९ महामारीविरुद्ध नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यताका कारण यो नियन्त्रणउन्मुख रहेकोमा केही समययता संक्रमणको जोखिम पुनः बढेर गएको हुनाले सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपायहरू अझ कडाइका साथ पालना गर्न म सबैमा हार्दिक आह्वान गर्दछु,' राष्ट्रपति भण्डारीले लेखेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।