काठमाडौं- खराब मौसमका कारण अन्तर्राष्ट्रिय उडानतर्फका ४ वटा र आन्तरिक उडानतर्फका ७ वटा जहाज काठमाडौं विमानस्थलमा अवतरण हुन नसकेपछि अन्यत्र डाइर्भट गर्दै अवतरण गरिएको छ।
अन्तर्राष्ट्रिय उडानतर्फ दमामबाट उडान भरेर काठमाडौं आएको हिमालय एयरलाइन्सको जहाज बनारसी, एयर इन्डियाको दिल्लीबाट आएको जहाज पनि बनारसी र कतार एयरवेजको दोहाबाट आएको जहाज कोलकात्ता डाइर्भट गरिएको विमानस्थल कार्यालयको भनाइ छ।
यसैगरी, नेपाल एयरलाइन्सको दिल्लीबाट काठमाडौं आएको जहाज दिल्ली नै डाइर्भट भएको विमानस्थल कार्यालयका प्रमुख प्रतावबाबु तिवारीले जानकारी दिए।
साथै, आन्तरिक तर्फ बुद्ध एयरको ६ वटा र यती एयरको एउटा जहाज डाइर्भट गरिएको कार्यालयको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।