काठमाडाैं- गायक युवराज चौलागाईँले नयाँ गीत ‘घुर घुर’ सार्वजनिक गरेका छन्। आफ्नै युट्युब च्यानलबाट उनले गीत सार्वजनिक गरेका हुन्।
उक्त गीतकाे भिडियाेमा युवराज आफैंले अभिनयसमेत गरेका छन्। उनलाई नायिका बर्षा राउतले साथ दिएकी छन्। बर्षासँगै सहअभिनयमा राजेश बिसउराल, श्रद्धा राउत र रामबहादुर राउतले साथ दिएका छन्।
भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन्। भिडियोमा विकास धमलाले संयोजन र रंग मिलाउने काम गरेका छन् भने छायांकनको काम धिरजजंग शाहले गरेका हुन्।
धन कमाउन आफ्नो परिवारबाट टाढा जानुपर्दाको पीडा गीत र भिडियोमा झल्काइएको छ। गीतकार कौशिला खनाल कर्माचार्यले लेखेको गीतलाई संगितबद्ध गर्ने काम पनि गायक स्वयंले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।