काठमाडाैं- नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। पछिल्लो २४ घण्टामा ८ सय ३६ कोरोना संक्रमित थपिएका छन्।
६ हजार १ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ३६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै ६४ जनामा एन्टीजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको हो।
कुल संक्रमितमध्ये ३ सय ४८ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन्। काठमाडौंमा २ सय ८६, ललितपुरमा ४३ र भक्तपुरमा १९ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।
योसँगै कुल संक्रमितको संख्या २ लाख ८२ हजार ८ सय ९० जना पुगेको छ। जसमध्ये ५ हजार ८ जना आइसोलेसनमा छन्।
गत २४ घण्टामा चार जना जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या ३ हजार ७० पुगेको छ। हाल ७७ जना क्वारेन्टाइनमा छन्।
गत २४ घण्टामा २ सय ८ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ७४ हजार ८ सय १२ पुगेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।