काठमाडौं- काठमाडौंमा हुन लागेकाे त्रिकोणात्मक टी-२० सिरिजको ट्रफी सार्वजनिक गरिएकाे छ। शनिबार (भेालि) देखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच त्रिकोणात्मक सिरिज शुरु हुँदैछ।
नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, नेदरल्याण्ड्सका कप्तान पिटर सिलर र मलेसियाका कप्तान अजिजले शुक्रबार साेल्टी हाेटलमा ट्रफी सार्वजनिक गरेका हुन्।
कोरोना भाइरस महामारीकाे बीच सुरु हुन लागेकाे सिरिजमा आयाेजकले कोरोना भाइरस महामारीबाट जोगिन पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गर्ने नेपाल क्रिकेट संघ (क्यान)का प्रबन्ध निर्देशक रौनक मल्लले बताए।
‘बढ्दाे काेराेना संक्रमणलाई मध्यनजर गर्दै हाेटलदेखि मैदानसम्म सबै प्राेटाेकल सबै अपनाइएकाे छ। खेल हेर्न आउने दर्शकलाई पनि सामाजिक दूरी पालन गराइनेछ,’ उनले भने।
खेल हेर्ने डिजिटल प्रविधिमार्फत टिकट लिन सकिने उनले जानकारी दिए। तर, कतिलाई प्रवेश दिने भन्नेबारे यकिन हुन नसकेकाे उनी बताउँछन्। ‘कति दर्शक प्रवेश गर्ने यकिन छैन। तर, काेराेना प्राेटाेकल सबै अपनाइनेछ। मास्क र सेनिटाइजर अनिवार्य गरिनेछ,’ उनले भने।
प्रतियोगितामा सहभागी हुने सबै तीनवटै देशका खेलाडीको कोरोना संक्रमण परीक्षण रिपोर्ट नेगेटिभ आएको पनि क्यानले जनाएको छ।
नेपालले त्रिकोणात्मक सिरिजकाे पहिलाे खेलमा नेदरल्याड्ससँग शनिबार खेल्दै। डवल राउन्ड रोविनको आधारमा हुने उक्त प्रतियोगिता शीर्ष दुई टोली फाइनल खेल्ने छन्। फाइनल वैशाख ११ गते हुनेछ।
याे खेलमा पूर्वकप्तान पारस खड्का हुनेछैनन्। गत आइतबार फिल्डिङ गर्नेक्रममा अभ्यास खेल दायाँ हातको काँधमा चोट लागेपछि उनी बाहिरिएका हुन्। कम्तिमा ३ साता आराम गर्नुप।र्ने उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।