काठमाडौं– सन् २०२१ को वसन्त ऋतुको पहिलो आरोहण अन्नपूर्ण हिमालबाट सुरु भएको छ।
पर्यटन विभागमा अनुसार १० जनाले अन्नपूर्णको सफल आरोहण गरेको सूचना अनौपचारिक रुपमा आएको छ। तर, औपचारिक रुपमा विवरण आउन भने बाँकी रहेको विभागकी निर्देशक मीरा आचार्यले बताइन्।
६ नेपाली र ४ विदेशीसहितकाे टाेलीले अन्नपूर्ण हिमाल आरोहणमा सफलता हासिल गरेको सेभेन समिट ट्रेक प्रालिले जनाएको छ।
प्रालिले नै हिमाल आरोहण दलको आधिकारिक कम्पनी हो।
हिमाल आरोहण गर्नेमा पत्रकार पूर्णिमा श्रेष्ठसहित १० जना रहेका छन्, जसमा ६ जना नेपाली, ३ जना भारतीय र मेक्सिकाेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।