काठमाडौं- नेपाल ट्रष्टको कार्यालय कमलादीबाट छाउनी सर्ने भएको छ। कार्यालयको सञ्चालक बोर्ड बैठकले अहिले कार्यालय रहेको भवन भाडामा लगाउने गरी कार्यालय सार्ने निर्णय गरेको हो।
काठमाडौं महानगपालिका-१३ स्वयम्भू छाउनीमार्गमा रहेको प्रेरणा राज्यलक्ष्मी सिंहले उपभोग गरिरहेको भवन र जग्गामा कार्यालय सार्ने निर्णय बोर्ड बैठकले गरेको हो।
१५ रोपनी जग्गा र त्यहाँ रहेको भवन सर्वोच्च अदालतको संवैधानिक इजालसबाट नेपाल ट्रष्टको नाममै ल्याउने गरी अन्मित फैसला भएको थियो। अदालनको फैसलापछि सम्पत्तिको संरक्षण र सदुपयोगका लागि कार्यालय उक्त स्थानमा सार्ने निर्णय भएको नेपाल ट्रष्टले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।