काठमाडौं- नक्कली सुनलाई सक्कली भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ गरेका छन्।
इमरान, पन्तलाल तामाङ भनेर चिनिने रवीन्द्र थापा तामाङलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो। धादिङको रुवीभ्याली गाउँपालिका-१ का २२ वर्षीय तामाङलाई वनस्थलीबाट पक्राउ गरिएको महाशाखाका प्रवक्ता कृष्णप्रसाद कोइरालाले बताए।
तामाङले विभिन्न व्यक्तिहरुलाई फलाममा पहेँलो जलप लगाएको पाता दिई सक्कली सुनको सिक्री र पैसा लिई ठगी गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका तामाङलाई महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।