काठमाडाैं- साविक उपविजेता फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलकाे सेमिफाइनलमा पुगेकाे छ।
पीएसजी साविक विजेता जर्मन क्लब बायर्न म्युनिखसँग र चेल्सी पोर्चुगिज क्लब पोर्टोसँग पराजित भए पनि अन्तिम चारमा पुगेकाे हाे।
बार्यनले उसैकाे मैदानमा हराएपनि पीएसजी पहिलाे लेगकाे नतिजाकाे आधारमा अन्तिम चारमा पुगेकाे हाे। पहिलाे लेगमा बार्यन २-३ गाेलले पीएसजीसँग पराजित भएकाे थियाे।
मंगलबार राति भएकाे खेलमा बार्यनका लागि ४० औं मिनेटमा चुपो मोटिङले गाेल गरे। तर, त्याे प्रयाप्त हुन सकेन। आजकाे खेलमा बार्यनलाई २-० अर्थात २ गाेल बढी गरेर जित निकाल्नुपर्ने थियाे। यता पीएसजीलाई सेमिफाइनल पुग्न यही नतिजा नै पर्याप्त हुने थियाे। १-० को हारले पनि पीएसजी अवे गोलको आधारमा अन्तिम चारमा प्रवेश गरेकाे हाे।
यता चेल्सी पनि पहिलाे लेगकाे नतिजाकाे आधारमा अन्तिम चारमा पुगेकाे हाे। रामोन सान्चेज मैदानमा भएकाे खेलमा चेल्सीले दाेस्राे हाफकाे अतिरिक्त समय अर्थात खेलकाे ९३ औँं मिनेटमा गाेल खाएकाे थियाे।
पाेर्टाेकाे लागि मेहेदी तारेमीले गाेल गरेपनि त्याे प्रयाप्त हुन सकेन। चेल्सीले पहिलाे लेगमा पोर्टोलाई उसैकाे मैदानमा २-० गाेलले हराएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।