मुम्बई- ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा साविक विजेता मुम्बई इन्डियन्सले कोलकत्ता नाइट राइडर्सलाई १० रनले पराजित गरेकाे छ।
जितका लागि १ सय ५३ रनको लक्ष्य पछ्याएकाे काेलकत्ताल २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रनमा समेटिएपछि मुम्बईले जित हात पारेकाे हाे।
कोलकत्ताका लागि नितिश रानाले सर्वाधिक ५७ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ४७ बलमा ६ चाैका र २ छक्का प्रहार गरे। यता, २४ बलमा ५ चाैका र एक छक्का प्रहार गरेका शुबनम गिलले ३३ रनकाे याेगदान दिए भने अन्यले दाेहाेराे अंक छुन सकेनन्।
काेलकत्तालाई सस्तैमा समेट्न मुम्बईका राहुल चाहरले ४ विकेट लिए। उनले ४ ओभरमा २७ रन खर्चिएका थिए। यस्तै ४ ओभरमा २७ रन खर्चिएका ट्रेण्ड बोल्टले २ विकेट लिए। यता ४ ओभरमा १३ रन खर्चिएका क्रुनाल पान्ड्याले १ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा अलआउट हुँदै १ सय ५२ रन बनाएको थियो।
मुम्बईका लागि सुर्यकुमार यादवले ५६ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ३६ बलमा ७ चौका र २ छक्का प्रहार गरे।
यस्तै कप्तान रोहित शर्माले ४३ रन बनाए। शर्माले ३२ बलमा ३ चौका र १ छक्कासहित ४३ रन बनाएक हुन्। हार्दिक पाण्डय र क्रुनाल पाण्डय समान १५/१५ रनमा आउट भए। अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन्।
कोलकाता आन्द्रे रसेलले उत्कृष्ठ खेल देखाउँदै २ ओभरमा १५ रन खर्चेर ५ विकेट लिए। ४ ओभरमा २४ रन खर्चिएका प्याट कमिन्सले २ विकेट लिए। यस्तै सकिब अल हसन, बरुण चक्रवर्ती र प्रसिद्ध कृष्णाले १/१ विकेट लिए।
जितसँगै मुम्बईले २ खेलबाट २ अंक जोडेको छ। मुम्बई पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग २ विकेटले पराजित भएको थियो।
कोलकत्ताको यो पहिलो हार हो। पहिलो खेलमा कोलकत्ताले सनराइजर्स हैदरावादलाई १० रनले हराएको थियो। कोलकत्ताकाे पनि २ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।