काठमाडाैं- गीतकार कृष्णहरी बरालले नयाँ वर्षको शुभकामना दिने उद्देश्यले ‘मन झुमोस्’ बोलको गीत सार्वजनिक गरेका छन्। गीतमा उनले वि.सं. २०७८ साल रमाइलोसँग बितोस् भन्ने शुभकामना दिएका छन्।
गीतकार बरालले लेखेको गीतमा आवाज दिने काम भने गायक विष्णु अधिकारी र गायिका शोभा पाण्डेले गरेका छन्। लिरिकल भिडियो बनाएर बरालको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको संगीत भर्ने काम एनबी जनकपुरीले गरेका छन्।
गीतको संयोजन गर्ने काम विष्णु अधिकारीले गरेका हुन्। मैतीदेवीमा रहेको ओपल स्टुडियोमा रेकर्ड गरिएको गीतमा रोजी श्रेष्ठ, रुची घिमिरे, विश्व अधिकारी र राजेन्द्र ढकालले कोरसमा आवाज दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।