काठमाडौं- आफ्नै आमालाई हेरचाह नगरेको आरोपमा पक्राउ परेकी नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मी जेल चलान भएकी छिन्।
चैत २२ गते पक्राउ परेकी उनलाई काठमाडौं जिल्ला अदालतले सोमबार पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो। अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको काठमाडौंका प्रहरीका प्रवक्ता रमेश बस्नेतले बताए।
उनले तीन करोड रुपैयाँ र अन्य अचल सम्पत्तिसमेत लिएर आमालाई हेरचाह नगरेको आरोपमा लागेको छ। उनीविरुद्ध आफ्नै आमाले ज्येष्ठ नागरिक ऐनअन्तर्गतको कसुरमा जाहेरी दिएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।