काठमाडाैं- इजरायलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गायक राज लिम्बुले 'जलेर खरानी'बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
गीतमा प्रेमिका गुमाउनु पर्दाको पश्चताप र पीडा पोखिएको भिडियोलाई गायक लिम्बुको आधिकारिक च्यानल 'राज लिम्बु'मार्फत् सार्वजनिक गरिएको हो।
गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक लिम्बुको रहेको छ। गीतलाई पुष्कर सुनुवारले संगीत संयोजन गरेका हुन्।
यसै भिडियोमार्फत् अभिनयमा गायक लिम्बु र बिष्णु कट्टेलले डेब्यु गरेका छन्। भिडियोमा प्रेम तामाङको समेत अभिनय देख्न सकिन्छ।
भिडियोलाई सन्तोष माबोको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो।
यसअघि गायक लिम्बुले 'बुझिदेउ', 'हाउ लुङ्ग्वा', 'मुस्कान', 'म पागल' लगायत थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।